Monday, August 15, 2016

          मुक्तक
यदि सक्छ्स त खुसी पारेर जा!
कि उचाल माथी अनि पछारेर जा!
ए समय! नखेल मेरो जीवन सँग 
बरु गल्ती देखा कान बटारेर जा! 
    #गुनासो

Wednesday, March 30, 2016

कथा जिन्दगीको


काठमाण्डौको धुले सडक , माइक्रोबस भित्रको भिड , ट्राफिक जाम , अनी रित्तो गोजी - आधापेट जिन्दगी
बुवालाई हप्तादस दिन अघी
मात्रै हो पैसा पठाउन लगाएको , ५००० हाल्दिनु भाथ्यो 
६००० भाडा पर्ने कोठामा दुई जना बस्ने , ३००० साथीलाई दिए ।
६०० रुपैया कलेजको क्यान्टिनमा बाँकी रहेछ , अरु यता उता गर्दा गर्दै सिद्दियो
,,
सोचे कसै सँग सापटी माग्छु - मनले भन्यो " मागे पछी तिर्नु चाँही पर्दैन , कहाँ बाट तिर्लास "
बुवा संग फेरी मागुम - अरे यार , बाउ सँग त्यो औकात छैन ।
त्यसपछी कामको खोजी गरे , एउटा कम्पनी मा काम पाए - काम पायसी पढाई गायब भो । मरीतरी महिनाको ७००० तलब , काम गर्न थालेसी घर बाट पैसा मगाइयिएन । काम गर्न थालेको ३ महिना पछी हरियो पासपोर्ट बनाए - १ महिना पछी दसैं थियो घर गए ,, सानो भाईले झोला खोतलेछ जागिरे दाजुको , passport भेट्टाएछ र आमालाई देखाएछ - बिचरी मेरी आमाले त्यो जिनिस चिनिनछिन , म त बल्ल गाउ पुगेको -डुल्नमै ठीक्क - आमाले बुवालाई देखाउनुभएछ - बुवाले मोराले " पासफोटो " बनाएछ बिदेश जान मन गरेछ क्यारे भन्नुभाथ्यो रे ।।साझ घर आउँदा बुवाले यो के हो - " मलाई I.A को सर्टिफिकेट चाहियो , यो किन बनाइयिस " भन्नुभो , मैले उत्तर दिन सकिन ..
आमालाई भने " बुवालाई सम्झाइदिनु , पढाईले पेट पालिएन , भाई बहिनी ठुला भए - तपाईं हरु बुढा बुढी हुनु भो- म अरब जान्छु "
बिहान उठेसी बुवाले बोलाएर भन्नु भो " ए ठुलो भाई , जानेहोस् भने नि जा है "
पुर्णेको भोलीपल्ट काठमाण्डौ आएर पेसे , दुबाइको भिसा लाग्यो - " त्यो पनि फ्री भिसा , टिकट चाँही तिरियो लैनो भैंसी बेचेर "
5 छुट्टी गए , घरलाई धेरै दिए - सानो भाईलाई एमबिए सम्म पढाए , अहिले बैकमा म्यानेजर छ । बहिनीको बिहा गर्दिए , आफ्नो बिहे गरे । गाउका सामाजिक काममा नि सहयोग गर्ने गरेको छु ।
तर कहिलेकाही आँफैलाई बोध हुन्छ " मैले देश लाई चाँही केही दिन सकिन ?"
कसैले भन्छन " देकै छस , घरलाई दिनु देश लाई दिनु हो " अनी कसैले भन्छन " बिदेशमा पसिना बेच्नेहरु नालायक हुन "
यही प्रश्न को उत्तर खोजिरहेछु ...

Monday, March 21, 2016

मुक्तक          
             मुक्तक 
जब कोही मेरो आत्मबल बढाई दिन्छ
अनी अर्को आउंछ मन खलबलाई दिन्छ
अब केही गर्नुपर्यो भनी सोच्छु जब
मौका खोज्छ उ अनी दिलजलाई दिन्छ ।।

Sunday, February 28, 2016

"फाल्गुन १७ र म"


याद छैन कती बर्षको थिए,शायद बर्ष याद गर्ने उमेर भईसकेको थिएन मेरो तर मलाई एउटा कुरा मात्रै याद सानो थिए धेरै नै सानो। प्रसँग कसरी निस्कियो त्यो पनि था छैन ममी ,ठुलो दाई माईलो दाई अनी पिढीमा सँगै थियौ ,प्याट्ट माइलो दाईले ममिलाई सोधिहाले "आमा म् कहाँ जन्मेको नि ?" आमाले कुनै कुरा नलुकाई सिधै भन्नु भो "त्यहा हाम्रो भान्छा कोठामा जन्म्या होस् तं आफु सानो अनी चन्चलेपन आखिर बजपन हो। मलाई पनि कहाँ जन्म्या रछु आमासँग सोधेर जान्न मन लाग्यो तोतेबोली मिसाउदै सोधे "आमा म कहाँ
जन्मेको नि ?" मेरो कुरा फुस्किन नपाउदै मेरो ठुलो दाईले भन्नु भो "दिपेश कान्छा तलाई नयाँपुलमुनी भेटाएर ल्याएको अनी काँन्छो भाई बनाको " तेही बेला माइलो दाईले पनि हो मा हो थप्न थाले मेरो मुख निलो कालो भयो तेसै पिन्ची मेरो अनुहार झन रोएको झै भो यो सब देखिसकेपछी आमले मलाई हाँस्दै काखमा लिदै भन्नु भो " हाम्रो कान्छो छोरा,तलाई त्यो मजेरी को कोठामा पाको नि" खुशीले फुरुङ्ग भए। धर्ती छोडेर अाकाशमा पुगे जस्तै भो

 एक किसिमको बाल्यकाल थियो जुन ममा ,जे देख्यो त्यसै गरौ लाग्ने साथी फिरफिरे बनाउछ पनि तेही बनाउ अनी नचाउ झै लाग्ने जीवन के हो ?अनी एस्को आबस्यकता केही पनि महसुस नहुने समय आँफै राजा अनी आँफै रानी हुने समय। आँफै बेहुला अनी आँफै दुलई हुने समय भाडाकुटी खेल्ने समय , लुकामारी खेल्ने समय अनी अरु के के के के पढ्नु पर्छ भन्ने पनि बिर्सने समय पढेर के हुन्छ भन्ने पनि था नभएको समय कुनै भगवानले नै परीभाषीत नगरेको समय। जीवन नै अपरीभाषीत समय जस्तो
बचपनमा सधै पटक पटक एउटै प्रश्न सोध्ने गरिन्थ्यो, ठूलो भएर के बन्ने इच्छा बाबू? बास्तबमा मेरो उद्देश्य नै थिएन। मैले सधै झुटो जवाफ दिन्थेँ। कहिले डाक्टर, कहिले पाइलट यस्तै यस्तै। परिक्षामा पनि झुटो नै लेखेर उत्तीर्ण भएँ, मेरो गलत जवाफलाइ पनि गुरुहरुले रातो कलमले सहि उत्तर भन्दै ठिक चिन्ह लगाएर गोलाकार भित्र ठुलै अङ्क राखिदिनु भएछ , कक्षा उक्लिएँ। तर आज मैले बल्ल सहि जवाफ भेटाएकोछु। अब ढुक्क सङग भन्न सक्छुकी मलाई फेरि उहीँ सानो बच्चा बन्ने इच्छा।
                                      बाबा सँग म
   घडीको सुई फनफनी घुमिरहयो तर त्यो कही पनि पुगेन,घाम उदाउदै अस्ताइ रहयो त्यो पनि सधैका लागि गएन। फर्किएर आईरहयो तर जसै दिनहरु बित्दै गए ,रातहरु ढल्दै गए सँगै केही यस्ता चिजहरु पनि नपत्याउदो तरिकाले टाढा टाढा अलग्यिए म बाट जस्लाई सधैं आफुसँग सुरक्षित राखिरहु भन्थे म।आँखा भन्थ्यो उनै दिनहरु सँग नै खेलु म अनी मन भन्थ्यो ढुकढुकीमा तिनै सपनाहरु धडकीरहुन।
     जुन किसिमको बाल्यकाल थियो त्यसलाई झन्डै पार गरी जब अगिल्लो कदममा हिडदै थिए , खै के के कुरा पाउन या भनौ पुर्याउन ,राजाहरुको गांउ आको दिन झल्झली सम्झन्छु ।त्यो साउनको महीना त्यस्तै थियो आमाको अनुहार पनि साउनको आकाशमा कालो बादल ले ढाकीएको ।खुसी नभएको अनुहार अनी जीवन जस्तै आँखा पनि त्यस्तै थिए सिमसिमे पानी परेको आकाश जस्तो मेरी आमाका आँखाहरु ।टिलपिल टिलपिल गरिरहने परेली अनी आसुँ थाम्न नसक्ने त्यो आमाका नयनहरु।
 
आमा सँग म
   आज फाल्गुन १७ ,उमेरले अर्को एक बसन्त पार गरेको दिन मेरो एकपल्ट पछी फर्केर हेर्दा मैले बुझेको जीवन साह्रै नै पट्यास लाग्दो रहेछ ठुला सपना देखेर ठुलै आशा लिएर हिंड्ने जस्तै थुप्रै ठुला ठुला भन्दा भन्दै साना साना कुराहरुको मतलब नै गर्दोरहेनछौ तर हामीले बुजेका हुँदा रहेनछौ खुशी साना भन्दा साना कुरामा नै पाईन्छ। अनी त्यस्ले नै जीवनलाई सन्तुलनमा राख्ने गर्छ बझपनमा आमाले तलाई मझेरीमा अनी काँन्छो छोरो होस भन्दैमा खुशीले धर्ती छोड्ने अनी हामीजस्तै उमेर सँगसगै सानातिना कुराहरु बिर्सदै अनी तिनिहरुलाई नेग्लीजेन्स गर्दै जादा रहेछौ ।त्यस्ले नै जीवनमा एककिसिमको असन्तुलन बनाउदो रहेछ। जीवनलाई थकित बनाउने रहेछ हल्लाउने रहेछ जीवनलाई,भुईचालो नै आए सरी

     समय आएपछी अध्यारोबाट पुनर्जन्म हुन्छ झुसिलेकिराको,बिस्तारै पखेटा फिज्याउंछ ईन्द्रधनुस पुतलिमा परीणत भएको हुन्छ उ। नबरुपधारणा भनेको पनि यही हो।। शायद हामीमध्ये कतिलाई यस्तै लाग्न सक्छ के अन्धकार को अजिङरले हामीलाई अब निल्यो,एैलई निल्यो तर हामीमध्ये सबै सबै भित्रै रङिन पुतली ,जो सँग जोडीएको फर्फराउन बाँकी पखेटा जुन एकपटक फरियोस मात्र त्यसपछी देख्नेछन हेर्नेहरुले एउटा अबिराम ,अबिचलित उडान!!!!

             
रस सारा जीवनका फेर्नेछन कुनै दिन
अनी सारा दुनियाँले हेर्नेछन कुनै दिन
नजरमा पर्छु नि समाजको जब
फुल,अक्षेता,माला लिई घेर्नेछन कुनै दिन।।